एआईजीको पैसा बैङलोरदेखि दुबईसम्म
अनेकौं अनियमितता र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको विभिन्न कम्पनीमा करोडौं लगानी रहेको तथ्य भेटिएको छ । रास्वपा सभापति रवि लामिछाने र नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला प्रहरीभित्र समानान्तर सत्ता चलाएका ज्ञवालीको नेपालका विभिन्न कम्पनीदेखि दुबई र भारतको बैङलोरसम्म लगानी रहेको पाइएको हो ।
स्रोतका अनुसार ज्ञवालीले दुबईस्थित एमएस ट्रेडर्स नामक कम्पनी सञ्चालन गर्ने महेन्द्र सिंहमार्फत करोडौं लगानी गरेका छ…