छिमेकीसँगको यदाकदाको खटपट स्वाभाविक : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उहाँले विश्वका विभिन्न देशमा पुगेका विद्यार्थीहरुलाई अध्ययन सकिएपछि मातृभूमि फर्किन आग्रह गर्नुभएको हो ।
नेपालबाट युवाहरुको विदेश पलायन रोक्न सरकारले साना उद्योग र स्टार्टअप जस्ता कार्यक्रम ल्याएको पनि उहाँले जानकारी दिनुभयो । विदेशमा अध्ययन गरेका विद्यार्थीहरु स्वदेशमा फर्किएर काम गरे नेपा…