चुनावकै चटारोमा मन्त्रालयको ढोका थुनेर....
यदि, सरकारी कर्मचारीलाई देश विकासको चिन्ताले यसैगरी मन÷मुटु नै पोलिदिन्थ्यो भने नेपाल आज कहाँ हुँदो हो ? तर, कात्रोमा समेत कमिसन खान पल्केका कर्मचारी आफू फस्ने स्थिति आएपछि कसरी तिल्माउँछन् र फाइलै गायब गराउन सक्रिय रहन्छन्, एउटा उदाहरण देखा प¥यो अस्ति । सिंगो देश चुनावी माहोलमा होमिइरहेको स्थिति, अर्काेतिर सरकारी बिदा तर अस्ति सोमवार मध्याह्न सिंहदरबारमा सचिव, सहसचिवदेखि उपसचिव तहसम्मका आधा दर्जन कर्मचारी भेला भएर घण्टौं मन्त्रालयको ढोका थुनी मन्थन चल्दै थ…