संसदमा नयाँ मन्त्रीपरिषदबारे जानकारी गराईंदै
आज संघीय संसद्का दुवै सदनको बैठक बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे डाकिएको संसद सचिवालयले जनाएको छ ।
सोमबार सूचना टाँसेर स्थगन गरिएको दुबै सदनको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ । त्यस्तै महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्र…