कम्युनिष्ट नेता न परे, सधैं कलह
त्यस्तो खुशी कि जहाँ नाच्ने आँगन पनि छैन ! एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको हकमा हो, यस्तो भएको ।सोमबार पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ बन्यो ।
कांग्रेससहितको गठबन्धन बेठिक हो भन्ने तर्क गर्दै आउनुभएका झलनाथका निम्ति सोमबारको भत्काई सुखद् विषय त बन्यो । तर, त्यही नाममा खुशी बाँड्ने मैदान उहाँको हकमा उपलब्ध छैन । ‘मैले जितेँ’ भनौं भने त्यो जितप्रति उहाँको भूमिका छैन । आफ्नो भूमिका खोज्दै हिँड्दा अकस्मात भएको घटनालाई चित्रित गर्ने शव्द पनि रहेन ।&n…