वैशाख १० पछि देखिनसक्ने बान्की
तीन वटा निर्वाचन क्षेत्रका निम्ति १० गते हुने उपनिर्वाचनको परिणाम जस्तोसुकै आए पनि त्यसलगत्तै राष्ट्रिय राजनीतिमा एउटा नयाँ ध्रुवीकरण हुने स्थिति छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ वर्षका दिन मुख्य सत्तारुढ घटकमध्ये कांग्रेसबाहेकका नेतालाई बोलाएर गर्नुभएको छलफलको निश्कर्ष हो यो । लामो समयदेखि चर्चामा आइरहेको, तर विभिन्न कारणले निर्माण हुन नसकेको समाजवादी मोर्चा (केन्द्र) उपनिर्वाचनलगत्तै बन्ने सम्भावना छ । मुख्यतः माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मोर्चाब…