काँग्रेस बैठकमा जुट्यो
नेपाली काँग्रेस संसदीय दलको बैठकमा जुटेको छ । पार्टी संसदीय दलको बैठक बिहान सवा ९ बजेपछि नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको छ ।
पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मालगायत उपस्थित भइसकेका छन् ।
प्रमुख सचेतक रमेश लेखक, सांसदहरु बद्री पाण्डे, जीवन परियारलगायत ५० जनाको उपस्थिति छ ।