मार्सीसँग पैसा मागेर ‘कोर टिम’ लाई बुझाउन खोजेका ढाकाकुमार पदमुक्त
पार्टी सभापतिको ’कोर टिम’ लाई बुझाउन मेडिकल माफिया दुर्गा प्रसाईं ‘मार्सी’ सँग रकम मोलमोलाई गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको जानकारी गराएसँगै उनको सांसद पद गएको हो ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा बुझाएको थियो । सोही आ…