रास्वपाका रमेश खरेलसहित ३१ उम्मेदवारको धरौटी जफत
आफैँ अध्यक्ष रहेको नेपाल सुशासन पार्टी छोडेर उपनिर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै घण्टी चिन्ह लिएर बारा क्षेत्र नम्बर २ बाट उठेका नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलको धरौटी जफत भएको छ ।
गणना भएकोमध्ये सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि उनको धरौटी जफत भएको बताइएको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भारी मतसहित जितेको उक्त निर्वाचन क्षेत्रमा खरेल, आम जनता पार्टीका अरुण ज्ञवाली, राप्रपाका स…