रवि र स्वर्णिमले शपथ खाए, उपेन्द्र आएनन्
वैशाख १० गते सम्पन्न उपचुनाव जितेका दुई सांसदले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । शपथसँगै सांसदद्वय लामिछाने र वाग्लेलाई सांसदको लोगो पनि प्रदान गरिएको छ ।
बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको शपथ भने पछि हुने बताइएको छ ।