आर्थिक अनियमिततामा नेविसंघको आरोप प्रत्यारोप
शंकरदेव क्याम्पसको बीबीएम भर्ना प्रक्रियामा आर्थिक चलखेल र अनियमितता भएको नेविसंघको एउटा पक्षले अर्को पक्षलाई आरोप लगाएको छ ।
नेविसंघको एउटा समूहले शुक्रबार विवेक लामा घिसिङलगायतको टोलीलाई उक्त आरोप लगाएको हो ।
घिसिङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘चैत १३ गते आफूलाई नेविसंघप्रति आस्थावान भन्ने तर लोकतान्त्रिक र प्रजातान्त्रिक मूल्य मान्यताभित्रको नैतिकता नभएका केही गिरोहले यस क्याम्पसमा बीबीएमको भर्ना प्रक्रियामा आर्थिक चलखेल गरेको भन्दै मलगायत सिंगो नेविसंघको चरित्रहत्या गर्…