बारामा उपेन्द्रविरुद्ध मधेसीकै मोर्चाबन्दी
गत मङ्सिर ४ गतेको आमनिर्वाचनमा व्यहोरेको अप्रत्यासित पराजयको पुर्ताल गर्न आगामी बैशाख १० गतेको उपचुनावमा उठ्न लागेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवविरुद्ध मधेसवादी दलहरुले मोर्चाबन्दी कसिलो बनाउने भएका छन् ।
बारा–२ बाट निर्वाचित आफ्ना विश्वासपात्र रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा जिताएर उक्त क्षेत्रमा हुने उपचुनावमा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर चुनाव जित्ने तयारीमा रहेका उपेन्द्रविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्ट…