एमाले सरकार धरापमा, काँग्रेस र माओवादीको कुदाकुद
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै लुम्बिनीमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने गृहकार्य थालेका छन् ।
मुख्य सत्ता सहयात्री दल माओवादीसहित राप्रपा बाहेक सबै दलले समर्थन झिक्ने तयारी गरेपछि लुम्बिनी सरकार धरापमा परेको छ । एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरी पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नि…