लदीपूजा अर्थात् भाञ्जाले मामाको पूजा गर्दै माझी समुदाय
उदयपुरका माझीहरुले प्रसिद्ध कमला नदीको किनारमा साँस्कृतिक पर्वको रुपमा रहेको लदिपूजा सम्पन्न गरेका छन् । परापूर्वकालदेखि नै शिवरात्रीका दिन माझि समुदायले यो पर्व मनाउँदै आएका हुन् । साँस्कृतिक पहिचानको रुपमा रहेको लदिपूजा दैवी विपत्तिबाट सुरक्षित रहनको लागि मनाउने प्रचलन छ ।
यो पर्वमा नदी, खोलामा पूजा गर्ने, कला र संस्कृति झल्कने झाँकी समेत प्रदर्शन हुने गर्छ । हराउँदै गएको साँस्कृतिक प्रचलनलाई जोगाउन उदयपुरका माझीहरूले आज सामूहिक रुपमा यो पूजाको आयोजना गरेका हुन् । माझ…