भ्रष्टाचार मुद्दामा तानिए मिडियाकर्मी
बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकरकुमार सिंहमाथि भ्रष्टाचारको अभियोग लागेको छ् । ठेक्का आह्वानको सूचना प्रकाशनमै अनियमितता गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
लेखा अधिकृत मुकेशप्रसाद साह र नेपाल मिडिया हाउसका प्रबन्ध निर्देशक नवराज निरौलालाई पनि विपक्षी बनाइएको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७९–०८० मा विद्युत पोल गाड्ने तथा तार तान्ने कार्यको बोलपत्र आह्वान सूचना …