१० बजे क्याबिनेट, त्यसपछि प्रधानमन्त्रीको भेटैभेट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद् सचिवालयमा बिहान १० बजे बस्ने बताइएको छ ।
त्यसपछि प्रधानमन्त्री दाहालले आगामी भारत भ्रमणबारे छलफल गर्न विज्ञहरुलाई निम्तो दिनुभएको बुझिएको छ । सिंहदरबारमा दिउँसो २ बजे भारत भ्रमणबारे राजनीतिक परामर्शको कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेता तथा पूर्वपरराष्ट्रमन्त्रीहरुलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ…