त्यहीं पनि दिनहुँ तनाव
अन्यत्रका अन्यौलता हटाइदिन्छ भन्ने विश्वास गरिएको अदालत नै अहिले अन्यौलग्रस्त अवस्थामा छ । भर्खरै चीन र कोरिया यात्राबाट फर्किएका सर्वोच्चका वरिष्ठतम् न्यायाधीश बैद्यनाथ उपाध्याय १८ गते अमेरिका जाने भएपछि उच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रियाको भविष्य फेरि अन्यौलग्रस्त बन्न पुगेको हो ।
इच्छुक आवेदकका निवेदनको संख्या हजार पुगेको छ । ती निवेदन अबको तीन–चार दिनमा केलाई भ्याउन सम्भवै छैन । चार दिनमा सकौँ भन्ने प्रधानन्यायाधीश सुशीला कार्कीको मत देखिन्छ । तर, न्यायपरिषद् सदस्य रामप्…