भारतीय रुचिबारे बैठकमा के भनियो ?
मंगलबार सम्पन्न संघीय समाजवादी फोरम केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले विकसित घटनाक्रम र सरकारमा सहभागितासम्बन्धी उपलब्धिबारे व्याख्या गर्दै भनेका छन्, ‘उनीहरू कसैगरी पनि उपप्रधानमन्त्री दिँदैनौं भन्दै छन् । दुईवटा मन्त्रालयसम्म दिन मानेका छन् । तर, हामी अहिलेसम्म ३ वटा मन्त्रालय चाहिन्छ भन्दै छौं ।’
जम्मा १४ जना रहेको सो समितिका दुई सदस्य पर्शुराम बस्नेत र अजम्बर काङवाङबाहेक सबैको उपस्थिति रहेको बैठकका सहभागीले आफ्ना अध्यक्षलाई सुझाव दिए– &…