याक एण्ड यतीमा 'डेट एक्सपायर' सामान, मूल्य मनपरी
दरबारमार्गस्थित याक एण्ड यती होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
बजार अनुगमनको क्रममा होटलले गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीस्वरुप जरिवाना गरेको हो ।
विभागका अनुसार होटलले तोकिएकोभन्दा बढी मूल्यमा पानी बेच्नुका साथै म्याद गुज्रिएको सामानसमेत बिक्री गरेको पाइएको छ ।
त्यस्तै, काठमाडौं महानगरपालिका–१७, मा रहेको रन्जीता ब्युटी होम एण्ड सक्रिन केयरलाई पनि …