नेपाल एक चीन नीतिमा प्रतिबद्ध, प्रधानमन्त्रीको भ्रमणताकाका सम्झौता अघि बढाउन आग्रह
परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा र जनगणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच हङकङमा भेटवार्ता भएको छ । मन्त्री राणा विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन त्यहाँ जानुभएको छ ।
चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा आज बिहान उक्त संगठन स्थापना गरिएको छ । सो कार्यक्रमपछि भएको भेटमा नेपाल चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल ची…