तीनकुने प्रकरण : कांग्रेस निकट नेपालीलाई छानविनको जिम्मा
राजावादी आन्दोलनका क्रममा दुइजनाको ज्यान जानेगरी भएको तीनकुने घटना छानविन गर्न नागरिक तहमा आयोग गठन गरिएको छ ।
वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजत्वमा पाँच सदस्यीय छानविन आयोग गठन गरिएको हो । आयोगको सदस्यमा सुरक्षा क्षेत्रबाट पूर्वएआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा. रामप्रसाद उप्रेती, मानवअधिकारकर्मी डा.ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल छन् ।
उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन सरोकारवालाहरुले सरकारसँग उच्चस्तरीय छानविन आयोग गठनको माग गरेका छन् ।…