राप्रपाको आन्दोलनमा दुर्गा प्रसाईका कार्यकर्तालाई 'नो इन्ट्री'
राजसंस्था पुनर्स्थापनाको पक्षमा हुने जुनसुकै आन्दोलनप्रति समर्थन जनाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते तीनकुनेको प्रदर्शनमा सक्रिय सहभागिता जनायो ।
अन्तिम राजा ज्ञानेन्द्र शाहको रोजाईमा गठित नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समिति' आयोजक रहेको उक्त कार्यक्रममा सहभागी हुन राप्रपाले अघिल्लो दिन साँझ विज्ञप्ति निकालेर अपिल गरेको थियो । आन्दोलनको जनकमाण्डर तोकिएका मेडिकल माफिया दुर्गा प्रसाईका कारण आन्दोलन ह…