श्रेय भारतलाई
ऊर्जामन्त्री दीपक खड्काले केही दिनदेखि भन्दै आउनुभयो– नेपालमा लोडसेडिङ जो हट्यो त्यसको श्रेय कुलमानलाई होइन, भारतलाई दिनुपर्छ । किनभने भारतले बिजुली दिएकै कारण हाम्रो लोडसेडिङ हटेको हो । बिजुली दिने भारत, अनि श्रेय लिने कुलमानले ?
ऊर्जामन्त्रीले यसो भनिरहँदा धेरैले उहाँलाई गाली गरे । केपी ओलीले तारिफ गरेको थाहा छैन, धेरैले चाहिँ गाली नै गरेका छन् । ऊर्जामन्त्रीले यति धेरै भनिसकेपछि कुलमानलाई त हटाउनै पर्यो । हटाइयो पनि । हटाउन सफल भएकैले ऊर्जामन्त्…