रास्वपाका मान्यज्यूहरु,सत्य बोल्दा जागिर जान्छ तपाईंहरुको ?
राजनीतिमा 'जान्नेलाई छान्ने' नीतिका प्रतिपादक हुन्,पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । तर,उनी आफैँले भने सांसदको उम्मेदवारी मनोनयनका लागि नेपाली नागरिकताको प्रमाणपत्र चाहिन्छ भन्ने न्युनतम कुरा नजान्दा राज्यको ढुकुटीबाट करोडौँ खर्चिएर चितवन-२ मा उपनिर्वाचन गर्नुपर्ने स्थिति बन्यो ।
त्यसो त,कानुन नजान्दा वा जानेर पनि लोकप्रियताको दम्भले बलमिच्याई गर्दा यसअघि पनि धेरैचोटी लामिछाने हाँसोको पात्र बनेका थिए । उनीमाथि अमेरिका र नेपालको …