आउनोस्, हामी थोरै भए पनि लाज त मानौं !
संसदीय सुनुवाइ समिति भनेको स्थायी प्रकृतिको सुनुवाइ होइन, यो त एउटा निश्चित समयमा कसैको कुनै महत्वपूर्ण पदमा नियुक्तिको सिफारिस भएका बखत परेको उजुरीबारे औपचारिकता पुर्याउन बनाइएको समिति हो ।
यो समितिले कुनै व्यक्ति संवैधानिक निकायमा नियुक्ति भएका बखत सुनुवाइ गर्ने हो, अन्यथा यसको बैठक बस्दै बस्दैन । यदि ५÷७ वर्षसम्म पनि कुनै व्यक्तिको नियुक्ति भएन भने समिति स्वतः निष्क्रिय अवस्थामा जान्छ । तर विडम्वना, यस्तो समितिको बैठकमा पनि माननीयहरूको कोरम पुग्दैन…