माओ जन्मेको दिन वैद्यका कार्यकर्ता रातो टोपी लगाएर काठमाण्डौमा
मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनले काठमाडौंमा वृहत मार्चपास गर्ने भएको छ ।
आगामी पुस १० गते माओ दिवसका अवसरमा हजारौं युवा परिचालन गरेर विशाल मार्चपास गर्ने सो पार्टीले जनाएको हो । रातो टोपी, ज्याकेट,झण्डा र ब्यानरसहित मार्चपासको लागि क्रान्तिकारी युवा संगठनले तयारी तीव्र पारेको बताइएको छ ।
शहरका विभिन्न चोकबाट निकालिने युवा मार्चपासलाई खुल्लामञ्चमा भेला पारेर नगर परिक्रमा गर्ने कार्यक्रम रहेको संगठनल…