राजनीति

सांसदका पिएलाई एमालेको तालिम

सत्तारुढ नेकपा (एमाले) सांसदका सहयोगी (पिए)हरुलाई तालिम दिन लागिएको छ । बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अहिले तालिम चलिरहेको छ ।  एमाले संसदीय दलले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा तीन दर्जन पिएको सहभागिता रहेको छ । उनीहरुलाई प्रमुख सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल लगायतले तालिम दिने बताइएको छ।

Page 328 of 950