अहिलेबाटै कस्सियो विप्लव माओवादी
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २०८४ को निर्वाचनलाई लक्षित गर्दै दल दर्ताको तयारी गरेको छ । मंसिर २७ गतेदेखि पुष २ गतेसम्म कपिलवस्तुको शिवगढीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले दल दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको छ ।
बैठकको निर्णयबारे आज राजधानीमा जानकारी गराइएको छ । एकीकृत जनक्रान्तिको १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने र त्यसको लागि विशेष अधिवेशन आयोजना…