अन्य मुलुकसँगको संसदीय सम्बन्ध प्रगाढ बनाउन दलहरुबीच भागबण्डा
विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउन ४४ देशका लागि गठित ‘संसदीय मैत्री समूह’ को संयोजक तोकिएको छ । प्रमुख राजनीतिक दलबीच भागबण्डाका आधारमा आज संयोजक चयन गरिएको छ ।
संयुक्त राज्य अमेरिकासहित १४ वटा देशको संयोजक नेपाली काँग्रेसले पाएको छ । एमालेले भारतसहित १२ देशको संयोजक पाउँदा माओवादी केन्द्रको भागमा चीनसहित छ मुलुक परेका छन् । जसअनुसार अमेरिका, भारत र चीनका लागि क्रमशः डा. प्रकाशशरण महत, रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ सं…