माइतीघर हिँडेका महतो भद्रकालीमा रोकिए
माइतीघरको निषेधित क्षेत्र तोड्न निस्किएका मधेसी नेता राजेन्द्र महतो र प्रहरीबीच भद्रकाली मन्दिर परिसरमा धकेलाधकेल भएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर आफ्नै नेतृत्वमा 'राष्ट्रिय मुक्ति क्रान्ति अभियान' घोषणा गरेका महतो आज अपराह्न दलबलसहित माइतीघरको निषेधाज्ञा तोड्न निस्किएका थिए । तर, प्रहरीले प्रदर्शनकारीलाई भद्रकालीमै रोकेपछि दुई पक्षबीच घम्साघम्सी परेको हो ।
महतोको नेतृत्वमा नाराबाजीसहित कालो ब्यानर प्रदर्शन गर्दै डिल्लीबजारबाट निस्किएको …