महन्थ ठाकुरको नेतृत्वमाथि प्रश्न उठाउँदै लोसपा नेताको पत्र
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव केशव झाले पार्टीको प्रभावकारिता बढाउँन अध्यक्ष महन्थ ठाकुरलाई नेतृत्व छाड्न सुझाव दिएका छन् ।
अध्यक्ष ठाकुरलाई पत्र पठाउँदै उनले नेतृत्व पुस्तान्तरण गर्न माग गरेका हुन् । पार्टीको इतिहास स्मरण गराउँदै झाले निर्मम समीक्षा गरेर गीयर चेञ्ज गर्न ढिलो भैसकेको बताएका छन् ।
‘लोसपा चारवटा पार्टी (तमलोपा, सदभावना, रामसपा, नेसपा) को लिगेसी बोकेको पार्टी हो । अझै केही बिग्रिएको छैन अध्यक्षज्यू, गति बढाउनलाई अब गियर …