राष्ट्रिय परिचयपत्र छाप्न थालियो
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र छाप्न थालेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले परिचयपत्र छाप्ने कार्यको थालनी गर्नुभएको हो ।
विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एन्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि आजबाट छाप्न थालेको हो । हालसम्म ३१ लाख ४७ हजार थान कार्ड आइपुगेको र बाँकी ८ लाख आउने क्रममा रहेको छ । चालु वर्षभित्र कुल ५० लाख थान कार्ड ल्याइने बताइएको छ ।
कार्ड छाप्ने मेसिनले एक घण्टामा ११ सयदेखि १६ सयवटा…