संविधानको अन्तिम व्याख्या भयो त श्रीमान ?
संविधानको अन्तिम व्याख्याता हो, सर्वोच्च अदालत । त्यही भएर उसले गर्ने फैसला कानुनसरह हुन्छ । तर, कहिलेकाहीँ न्यायमूर्तिको तुलो कानुनको व्याख्यामा भन्दा पनि ‘चित्तमा लागेको कुरो’ तर्फ बढी ढल्किँदा न्याय सम्पादनमा गम्भीर विचलन हुने गरेको छ ।
यसले एकातिर गलत नजिर स्थापित भैरहेको छ भने अर्कोतिर सिङ्गै न्यायपालिकाको क्षमता र उसको तटस्थ भूमिकामाथि प्रश्न उठाइरहेको छ । विश्वास गरिन्छ, अदालतले राजनीतिक प्रश्न हेर्दैन । उसले हेर्ने भनेको संवैधानिक र कानुनी पक्ष हो । त…