एकीकृत समाजवादीका नेताहरु बैठकमा व्यस्त
नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा हिजोदेखि केन्द्रीय समितिको बैठक प्रारम्भ भएको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा आजदेखि केन्द्रीय सदस्यले धारणा राख्ने कार्यक्रम छ । उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार हिजोको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिवेदनमा एमालेबाट गरिएको विद्रोहको औचित्य, अन्तर्राष्ट्रिय र भू–राजनीतिक पर…