झाडापखाला सामना गर्न तयारी अवस्थामा रहेको स्वास्थ्य मन्त्रालयको दाबी
स्वास्थ्य मन्त्रालयले आगामी मनसुनको समयमा आउनसक्ने स्वास्थ्य समस्याहरुको सामना गर्न आफू तयारी अवस्थामा रहेको जनाएको छ ।
विपत्तिको बेलामा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताउनुभएको छ ।
वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरोलगायतको स्वास्थ्य समस्या आउने भन्दै उहाँले ती समस्या समाधानको निम्ति स्वास्थ्य मन्त्रालय तयारी अ…