बगाउने नै हो त नेपाललाई बिआरआइले ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ । भदौ अन्तिममा उहाँ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाने र त्यतैबाट चीनको हाङ्चौ शहर हुँदै बेइजिङ पुग्ने कार्यक्रम छ ।
यसपालि औपचारिक भ्रमणको क्रममा हुने द्विपक्षीय छलफल र सम्झौताबारे नेपाल र चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरु व्यापक गृहकार्यमा जुटेका छन् । भ्रमणमा धेरैअघि खरिद गरिएका केही चिनियाँ विमानको व्यवस्थापन र बिआरआई सहयोगबारे हल्का कुरा उठ्नसक्ने बा…