भुम्लुको कीर्ते हस्ताक्षर काण्डमा पालिका प्रमुख फेसबुकमा बर्बराउँदै, सल्लाहकार राजीनामाले लाज छोप्दै
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका प्रमुख प्रेमबहादुर भुजेलका सल्लाहकार तुलसीमान तामाङले राजीनामा दिएका छन् । वडा नम्बर–५ मुलाबारीस्थित श्री घोङग ताम्सालिङ गुम्बा निर्माणको क्रममा सल्लाहकार तामाङले निर्माण समितिका कोषाध्यक्ष र सचिवको कीर्ते हस्ताक्षर गरी रकम निकालेर हिनामिना गरेको तथ्य छरपस्ट भएपछि उनले राजीनामा दिएका हुन् ।
सामाजिक सञ्जालमा यो विषय भाइरल बनेपछि उनले लाज छोप्न राजीनामा दिएको स्थानीयको भनाइ छ । पालिका अध्यक्षसहितको मिलोमतोमा समिति विघट…