सारालाई छक्याउन सक्ने अचम्मकी स्त्री
बार्बिकन, मध्यलण्डनस्थित एउटा बस्ती हो, जहाँ यतिखेर ठूलो मानवबस्ती छ, ठुल्ठूला भवन छन्, जता हेर्यो त्यतै सपिङ मल छन् । तर, १६ औं शताब्दीमा यहाँ छाप्रैछाप्रा मात्र थिए, सानातिना बजार थियो । जेम्स डे लण्डन शहरनिवासी हीरा ब्यापारी हुन् । घुँडामाथिसम्म पुग्ने जुत्ता लगाउनु उनको ठूलो सोख थियो । सन् १५९४ को एकदिन उनी भिक्टोरिया बग्गी चढेर चाहेअनुसारको जुत्ता पाइने बिगफ्रीथ पुगे । त्यो जमानामा बैंकिङ कारोबार सहज थिएन भने आजको जस्तो अनलाइन पेमेन्ट हुँदैनथ्यो त्यसैले नगदको झोला बो…