नेताको आडमा, जनता गए भाँडमा
मिथिलेश श्रीवास्तव ! भारतमा एक बेलाका कुख्यात ठग नटवरलाल । राष्ट्रपति भवन र संसद भवनसमेत बेचेका तिनले दुई पटक त दिल्लीस्थित लालकिल्ला नै अर्कालाई सुम्पिएका थिए भने ताजमहल त झन् तीन–तीन पटक बेचेर संसारलाई आश्चर्यचकित तुल्याए ।
हो, उनैलाई स्मरण गराउने एक अर्का पात्र भेटिएका छन् नेपालमा ! जसले प्रधानमन्त्री निवास र मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाट सिंगो मधेश प्रदेशमा लुट मच्चाइरहेका छन् । झन् उदेकलाग्दो त के भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछ…