बस्नेत मन्त्रीजीको बबण्डर
नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत प्रोपगन्डा गर्नमा माहिर मानिन्छन् । नेपाल सरकारको सय दिन पुगेको दिन कुनै विशेष कार्यक्रम गरिँदैन । प्रवक्ताबाट सम्पादित कामको जानकारीसम्म गराइन्छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भने सय दिन पूरा गरेको अवसरमा राष्ट्रिय सभा गृहमा बृहत् नाटक मञ्चन गरेका छन् भने एक जना मन्त्रीले सय दिन पूरा गरेको कार्यक्रममा प्रमुख अतिथि भएर जान प्रधानमन्त्रीलाई शरम पनि भएन । जुन बेला राष्ट्रिय सभागृहमा प्रधानमन्त्री, मन्त्री नाटक मञ्चन गर्दै थिए, …