उता उत्तर, यता अमेरिका
उत्तरबाट जे अपेक्षा छ, पश्चिमाहरू त्यही गर्दैछन् । दुबैतिर खुशी पार्नुपर्ने परिबन्दले च्यापेपछि भिन्नभिन्न प्रस्ताव बनाइएको छ ।
विद्युत परियोजनामै आधारित रहेर अमेरिकी संस्था एमसिसीले नेपालमा आफ्ना औपचारिक गतिविधि शुरु गर्दैछ । यही अवस्थामा नेपालले चीनसँग पनि विद्युतकै स्वार्थमा आधारित भएर कुराकानी अगाडि बढाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणताका नेपालका केही माग यस्ता छन् जो पूरा हुँदा काठमाडौंमा विद्युतीकरणका आधारभूत विषयहरू हल हुन्छ…