कान समात्नुपर्नेलाई नेता कमरेड
संसद्भित्र कमरेडहरूका पाँचवटा जति पार्टी छन् । संसद् बाहिरका कमरेडहरूलाई झन् ठूलो दुःख छ । एउटै उद्देश्य र समान राजनीतिक दर्शनमा आधारित पार्टीहरूको केन्द्रीकरण, ध्रुवीकरण र एकता राम्रो कुरा हो । हामीजस्तो पराइभूमिमा बसेर देशप्रती माया साँच्नेहरूका लागि त झन् हर्षको कुरा हो । तर एकताको नाममा पदका लागि राजनीतिक इतिहास नै बिर्सनुचाहिँ लाजमर्दो कुरा हो । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालसम्बद्ध घटक पार्टीहरूको विगत माओवादी जनयुद्धसँग अविच्छिन्न रूपले जोडिएको छ । ०६९ असारमा प्रच…