नामको पछाडि जो दमाईं झुण्डिएको छ
वर्षौं पहिले अमेरिकी लेखक तथा पत्रकार चाल्र्स एन्डरसन डानाले समाचारसम्बन्धी निकै रोचक कथ्य भनेका थिए– ‘जब कुकुरले मान्छेलाई टोक्छ त्यो समाचार हुँदैन तर जब मान्छेले कुकुरलाई टोक्छ त्यो समाचार बन्छ ।’
उनले भनेजस्तै काठमाडौंको पशुपतिमा आयोजित कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाईंको भागवत प्रवचन ‘हटकेक’ बनेको देखिएको छ ।
यस्तो नहोस् पनि किन ? उनको नामको पछाडि दमाईं शब्द जो झुण्डिएको छ । केहीलाई लागेको छ– कोटिहोमलगायतका ध…