भाञ्जा यस्तरी उम्लिए कि परिणाम भयंकर
नेपाल संस्कृत विश्वविद्यालयको विवादको मुख्यकारण प्रा. माधव अधिकारीभित्र पलाएको मामा (शंकर पोखरेल) को राजनीतिक पावरको दम्भ नै हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री मामाको राजनीतिक पावरमा बरिष्ठतम प्राध्यापकहरूलाई छायामा पार्दै २०७७ साल कार्तिक १३ गते कुलसचिवमा नियुक्त भएका अधिकारीले नै विश्वविद्यालयमा विवादको श्रीगणेश गरेका हुन् । नियुक्ति भएर आएको ६ महिनाबाटै रवैया देखाउन थालेका अधिकारीको पहिलो निशानामा शिक्षाध्यक्ष परे ।
शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाको गाडी बिग्रँदा…