राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेलको पहिलो संसद यात्रा
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पौडेलले आगामी शुक्रवार नयाँ बानेश्वर पुगेर संसद बैठकलाई सम्बोधन गर्नुहुने छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पौडेल जेठ ५ गते संसद भवन जाने मिति प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकले तय गरेको हो ।
फागुन अन्तिम साता राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँ पटक पटक बिरामी पर्नुभएको छ । पछिल्लो पटक वैशाख पहिलो साता भारतको नयाँ दिल्लीमा उपचार गराएर स्वदेश फर्कनुभएको थियो । …