विमानस्थलमा हुने गरेको भिभीआईपीहरुको ताँतीमा कटौती
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको विदेश भ्रमणको क्रममा हुने स्वागत तथा बिदाइका लागि विमानस्थलमा लाग्ने भिभीआइपीको भीड अब हट्ने भएको छ । गृह मन्त्रालयले विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन (पहिलो संशोधन, ०८१) कार्यविधि संशोधन गर्दै उनीहरुको स्वागत र बिदाईमा एयरपोर्ट जानेहरुको संख्यामा कटौती गरेको छ ।
संशोधित कार्यविधिमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा–आउँदा विमानस्थालमा स्वागत तथा बिदाईमा जान…