नेपाल राष्ट्र बैंक

कानुन मिचेर अदालतको आदेश, राष्ट्र बैंक हेरेको हेर्यै

नेपाल राष्ट्र बैंकबाट सञ्चालन र कारोबार स्वीकृतिप्राप्त बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्री अदालतको आँगनमा हुने भएको छ । त्यस्तो बिक्री पनि मूल्य बढाबढबाट हुने अदालतको सूचनामा उल्लेख छ । जेठ २३ गते गर्ने भनिएको उक्त शेयर लिलामको प्रक्रिया विशेष कारणबस हाललाई रोकिएको अदालत स्रोतले बताएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त कम्पनीको संस्थापक शेयर बिक्रीको निम्ति नियमनकारी निकायबाट स्वीकृति लिएर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा तोकिएबमोजिम प्रक्रियाब…