कार्पेट कारखानामा लागेको आगो चार घण्टापछि नियन्त्रणमा, पौने दुई करोडको सम्पत्ति जलेर खरानी
भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित ज्योति प्लाई कार्पेट कारखानामा आगलागी हुँदा पौने दुई करोडको क्षति पुगेको छ ।
गएराति १२ बजे स्थानीय सन्तोषमान श्रेष्ठले सञ्चालन गर्दै आएको उक्त कारखानामा अचानक आगलागी हुँदा एक करोड ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जानकारी दिएको हो ।
आगलागीबाट दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र सोही कारखानामा काम गर्ने भारत घर भएकी मर्नु उर्वा गम्भीर घाइते भएका छन् । उनीहरुको हाल काठमाडौंस्थि…