पठाओमा जाँदा सहसचिव पत्नीको प्राणान्त
ललितपुरमा हिजो बिहान भएको सवारी दुर्घटनामा पठाओ मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ । ट्रकले ठक्कर दिँदा उपचार क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
हिजो ललितपुर महानगरपालिका–२ सानेपा सडकमा ना.६ ख ४६२४ नम्बरको ट्रकले गण्डकी प्रदेश ०३–००१ प ०४२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियोे । दुर्घटनामा ट्रकले टाउको किचेर घाइते भएकी रूपन्देहीको सैनामैना सालझण्डीकी ४० वर्षीया नम्रता ज्ञवाली मरासिनीको उपचार क्रममा पाटन अस्पतालमा निधन भएको बुझिएको छ । पठ…