स्कुल बस दुर्घटनापछि सर्वत्र चिन्ता, नियमनकारी निकायको निष्क्रियता
काठमाडौंको शंखरापुर नगरपालिका–५ मा माघ ३० गते स्कुल बस दुर्घटनामा पर्यो । चाबहिलको मैजुबहालमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिक गएको बा. २ ख ७९५८ नम्बरको बस नगरकोटबाट फर्किने क्रममा दुर्घटनामा परेको हो । सिन्धुपाल्चोकको चौताराका ३९ वर्षीय मनिष माझीले चलाएको बस ब्रेकफेल भएर दुर्घटना हुँदा चार जनाको मृत्यु भयो ।
त्यसको चार दिनअघि माघ २७ गते स्कुल बस भीरबाट खसेको थियो । दक्षिणकाली नगरपालिका–३ स्थित जुनकिरी बोर्डिङ्ग स्कुलको बस भञ्ज्याङ्गक…